Link = http://www.arthadabali.com/2018/09/10/6862/
काठमाडौं / शिवम् सिमेन्टले उत्कृष्टताको आकाङ्क्षा “शिवम्+” ओ.पि.सि. सिमेन्ट भर्खरै बजारमा ल्याएको छ ।
गुणस्तर प्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने क्रममा ल्याएको कम्पनीले जनाएको छ । नेपालकैं नं. १ ओ.पि.सि. सिमेन्ट बन्न सफल शिवम् सिमेन्टले “शिवम्ं” ओ.पि.सि. सिमेन्टलाई नेपाली बजारमा स्थापित गरी अग्रणी स्थान लिने विस्वास लिएको छ ।
मजबूत तथा दिगो निर्माणको लक्ष्य बोकी वर्षाैंदेखि ग्राहकहरुलाई गुणस्तरीय सिमेन्ट पस्कदै आएको यस शिवम् सिमेन्ट लिमिटेडले “शिवम्ं” ओ.पि.सि. सिमेन्टमार्फत उपभोक्ताहरुलाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ ।
नेपाल गुणस्तर चिन्हका साथै ISO 9001, ISO 14001, OHCAS 18001, ISI, / URS प्रमाणित यस “शिवम्ं” सिमेन्टमा थप अटुट COMPRESSIVE STRENGTH रहेको कम्पनीको दावी छ । जसले निर्माणलाई थप मजबुत र सवल बनाउने विस्वास छ । यस “शिवम्ं” ओ.पि.सि. सिमेन्टमा भौतिक तथा रसायनिक गुणहरुमा बजारमा उपलव्ध सिमेन्टहरु मध्ये उत्कृष्ट रहेको जनाएको छ ।
“उत्कृष्टताको आकाङ्क्षा, प्रगतिशील जीवनको पहिचान” नारा आत्मसाथ गरेको यो सिमेन्ट हाललाई सीमित बितरकहरुमा मात्र उपलब्ध हुने जानकारी प्रेस विज्ञप्ती मार्फत आग्रह गरेको छ ।
मकवानपुर गढी क्षेत्रमा अवस्थित आफ्नै चुनढुङ्गा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने सर्वोउत्कृष्ट “शिवम्ं” ओ.पि.सि.सिमेन्टको गुणस्तरलाई लामो समयसम्म कायम गर्नको लागि विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ्ग गरिएको छ ।
गुणस्तरीय उत्पादनहरुलाई प्राथमिकता दिने सम्पूर्ण ग्राहकहरुले “शिवम्ं” ओ.पि.सि. सिमेन्टलाई पनि शिवम् सिमेन्टझैं माया गरिदिने विसवास कम्पनीले लिएको छ ।