नेपाल धितोपत्र बोर्डको अनुमतिपछि उद्योगले मकवानपुरवासीलाई प्रतिशेयर ३ सयका दरले शेयर जारी गर्न लागेकोमा विशेषगरी स्थानीयलाई प्राथमिकतामा राखिएको छ । आईपीओका लागि प्रिमियम मूल्यसहित सर्वसाधारणले ४ सय रुपैयाँ प्रतिकित्ता तिर्नु पर्नेछ भने स्थानीयबासीले ३ सय रुपैयाँमै पाउने भएका हुन् । यसका लागि डिम्याट खाता अनिवार्य नगरिएको र नागरिता मात्र अनिवार्य भएकोले थप सहज हुनुको साथै स्थानीहरुको पहुच पुग्ने देखिन्छ ।
कम्पनीको विगतदेखि वर्तमानसम्म बित्तीय अवस्था हेर्दा निकै सवल हुँदै अघि बढेको देखिन्छ । २०६७ पछि व्यावसायिक उत्पादनमा सक्रिय भएको शिवमको सुरुवातमा प्रतिदिन ७ सय टन सिमेन्ट र १२ सय टन क्लिङ्कर उत्पादन गर्दैआएको थियो । उद्योग २०७२ सालमा आएर पब्लिक कम्पनीमा परिणत भएको थियो ।
त्यसपछि ०७२÷७३ मा आएर शिवमले २३ सय टन सिमेन्ट उत्पादन गर्न थाल्यो र हाल आएर प्रतिदिन तीन हजार टन सिमेन्ट र १९ सय टन क्लिङ्कर उत्पादन गर्ने क्षमता वृद्धि गरेकोछ ।
हाल कम्पनीको सेयर पुँजी ३८७.२० करोड अर्थात ३ अर्ब ८७ करोड रहेको छ । आईपीओ जारी गरेपछिको कम्पनीको पुँजी ४ अर्ब ४० करोड पुग्नेछ । चैत मसान्तसम्म कम्पनीको जगेडा कोष २ अर्ब १६ करोड ४८ लाख रहेको छ । आईपीओपछि यसमा १ अर्ब ४९ करोड रुपियाँ थपिई ३ अर्ब ६५ करोड ४८ लाखको जगेडा कोष खडा हुने कम्पनिले बताएको छ । शिवमले चालु आर्थिक वर्षको चैतसम्म यो बढेर ७ अर्ब १० करोडभन्दा माथि पुग्ने दावी गरेकोछ । शिवमको बित्तीय पाटोलाई थप केलाउदा आर्थिक वर्ष २०७४–७५ मा ९३ करोड लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।
त्यसो त यसको होङ्सी शिवम सिमेन्ट नवलपरासीमा पनि ३ अर्ब ३६ करोड रुपैयाँ लगानी देखिएको छ । यस उद्योगले पनि उत्पादन थालेको हुनाले लाभांशको रुपमा भविष्यमा राम्रो मुनाफा आर्जन गर्न सकिने देखिएको छ । होङ्सीले प्रतिदिन ६ हजार टन सिमेन्ट उत्पादनको क्षमता राख्छ । ठूलो लगानीमा सञ्चालित होङ्सीको प्रतिफल आउन भने ३–४ वर्ष अझै लाग्नेछ ।