काठमाडौं । शिवम् सिमेन्टले “शिवम्+” ओ.पि.सि. सिमेन्टलाई नेपाली बजारमा ल्याएको छ । मजबूत तथा दिगो निर्माणको लक्ष्य बोकेरे “शिवम्+” ओ.पि.सि. सिमेन्ट ल्याइएको कम्पनीले जनाएको छ ।
नेपाल गुणस्तर चिन्हका साथै ISO 9001, ISO 14001, OHCAS 18001, ISI, र URS प्रमाणित यस “शिवम्+” सिमेन्टमा थप अटुट कम्प्रेसिभ स्ट्रेन्थ रहेको छ जसले निर्माणलाई थप मजबुत र सवल बनाउने छ । यस “शिवम्+” ओ.पि.सि. सिमेन्टमा भौतिक तथा रसायनिक गुणहरुमा बजारमा उपलव्ध सिमेन्टहरुमध्ये उत्कृष्ट रहेको विज्ञप्तिमा उल्लेख छ ।
“उत्कृष्टताको आकाङ्क्षा, प्रगतिशील जीवनको पहिचान” नारा आत्मसाथ गरेको यो सिमेन्ट हाललाई सीमित बितरकहरुमा मात्र उपलब्ध हुने जानकारी गराइएको छ ।