२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा-ratopati.com
२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा-ratopati.com

२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा-ratopati.com

काठमाडौं–विगत लामो समयदेखि गुणस्तरयुक्त असली ओपिसि सिमेन्ट उत्पादन गर्दै निर्माण क्षेत्रमा एक अग्रणी स्थान हासिल गर्न सफल शिवम् सिमेन्टले विशेष योजना ल्याएको छ । यस सम्मान योजना अन्तर्गत अबदेखि शिवम् सिमेन्टका प्रत्येक २० बोराको खरिदमा अर्को १ बोरा शिवम् सिमेन्ट सित्तैमा दिने भएको छ ।


शिवम् सिमेन्ट लिमिटेडले गत वर्षको दशैं, तिहार र छठ पर्वको अवसरमा पनि आफ्ना सम्पूर्ण ग्राहकलाई चाडपर्वको ‘चाँदी नै चाँदी’ नामक योजना ल्याएको थियो । सो योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टलेप्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम ‘लक्ष्मी–गणेश’ अकिंत चाँदीको सिक्का उपहार योजना लागू गरेको थियो । 


आफ्नै चुन ढुङ्गा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने गुणस्तरीय शिवम् ओपिसि सिमेन्टले छोटो अवधिमै लोकप्रियता हासिल गर्न सफल भएको छ । नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त शिवम् सिमेन्ट संधै गुणस्तरप्रेमि उपभोगताको मन जित्न प्रयासरत रहने प्रतिबद्घता जनाएको छ । 


मकवानपुरको गढी क्षेत्रमाा आफ्नै चुनढुङ्गा खानी भएको शिवम् शिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, विद्यालय संचालनमा सहयोग, स्वास्थ्य संचालनमा सहयोग, वातावरण व्यस्थापन लगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । समय–समयमा आफ्ना ग्राहकहरुलाई विभिन्न योजना मार्फत्सम्मान गर्दै आएको छ ।

शिवम् सिमेन्टले प्रस्तुत गरेका विभिन्न सम्मानले ग्राहकहरुलाई थप उत्साह प्रदान गर्दै सहुलियत दिँदै आइरहेको विश्वास कम्पनीले लिएको छ । 

Shivam Cement