२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा-Lokantar.com
२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा-Lokantar.com

२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा-Lokantar.com

काठमाडौं, १४ असार –शिवम् सिमेन्टका खरिदकर्ताले उक्त सिमेन्टको प्रत्येक २० बोरा खरिदमा अर्को १ बोरा सिमेन्ट सित्तैमा पाउने भएका छन् । 

शिवम् सिमेन्ट लिमिटेडले गत वर्षको दशैं, तिहार र छठ पर्वको अवसरमा पनि आफ्ना सम्पूर्ण ग्राहकहरुलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै “चाँदी नै चाँदी” योजना ल्याएको थियो । उक्त योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टले प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी–गणेश”अकिंत चाँदीको सिक्का उपहार योजना लागू गरेको थियो । 

नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त शिवम् सिमेन्टले गुणस्तरको मामिलामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ । मकवानपुरको गढी क्षेत्रमा आफ्नै चुनढुङ्गा खानी भएको शिवम् शिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कामसमेत गर्दै आएको छ ।

बुधवार, आषाढ १४, २०७४ मा प्रकाशित

Shivam Cement