शिवम् सिमेन्टको अभियान शुरु !-http://www.suryakhabar.com/
शिवम् सिमेन्टको अभियान शुरु !-http://www.suryakhabar.com/

शिवम् सिमेन्टको अभियान शुरु !-http://www.suryakhabar.com/

शिवम् सिमेन्टको अभियान शुरु !

प्रकाशित मिति: ६ पुष २०७३, बुधबार
 
shivam-ciment

सुर्यखबर संबाददाता,
काठमाण्डौ ।  शिवम् सिमेन्टले ग्राहक लक्षित कार्यक्रमहरु मार्फत आफ्नो गुणस्तरको पहिचान र बजार प्रवद्र्धन गर्दैैं शिवम ब्राण्डको ओ. पि. सि.सिमेन्ट उत्पादन तथा विक्री वितरणका साथसाथै आइरहेकोमा आफ्ना समस्त ग्राहक वर्ग तथा आम उपभोक्ता समक्ष समय अनुकुल विभिन्न किसिमका योजना तथा कार्यक्रमहरु गर्ने क्रममा अब शिवम् सिमेन्टस् गुणस्तरको मामलामा ल्य अयmउचयmष्कभू भन्ने प्रतिबद्धतात्मक अभियान सहित बजारमा प्रस्तुत भएको जनाएको छ ।

यसरी सार्वजनिक स्थानहरुमा सन्देशमूलक कार्डको सहायताले मानिसहरुमा जनचेतना वृद्धि गराई आफुहरुले कस्तो कुरामा सम्झौता गर्नु हुन्छ र कस्तो कुरामा सम्झौता गर्नु हुँदैन भन्ने कुराको बारेमा चेतनाको स्तर बढाई नेपाली समाजलाई केहि परिर्वतन ल्याउन सकिने दाबी कम्पनीको रहेको छ ।

उक्त अभियानमा विभिन्न मानिसहरुले आ–आफ्नो क्षेत्रको महत्वपूर्ण पक्षहरुमा आफ्नो लक्ष्य, कर्तव्य, सिद्धान्त, अस्तित्व तथा अधिकारको मामलामा सम्झौता नगरेका उदाहरणहरु प्रस्तुत गर्दै शिवम् सिमेन्टले गुणस्तर को मामला कुनै सम्झौता नगर्ने सन्देश आम उपभोक्ता माझ प्रस्तुत गरेको छ । साथै यस अभियान मार्पmत सधैँ गुणस्तर लाई प्राथमिकतामा राख्ने शिवम् सिमेन्टले अरुलाई पनि आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण पक्षहरुमा सम्झौता नगर्ने सन्देश दिँदै सम्पूूर्ण ग्राहकहरुलाई सचेत गराउने प्रयास गरिएको कम्पनीले जनाएको छ ।

यस अघि शिवम् सिमेन्टले, “गुण्स्तरमा कहिल्यै सम्झौता नगरौँ” एवं “गुण्स्तरको पहिचान हो शिवम् सिमेन्ट” जस्ता मूल नाराका साथ अगाडि बढि रहेको र आमग्राहकहरु माझ गुणस्तर प्रति जोड दिँदै प्रस्तुत हुँदै आइरहेको छ । यसैगरि अब नयाँ (नो कम्प्रोमाइज) को नारालाई पनि अगाडि बढाइरहेको शिवम् सिमेन्ट, आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले ग्राहकको पहिलो रोजाईमा रहन सफल भएको छ । क्ष्क्इ, क्ष्क्क्ष्, र ग्च्क् प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त गरेर मात्र काम गरि बिभिन्न योजनाहरुका साथ अगाडि बढिरहेको छ ।

 

 

Shivam Cement